लामो समय संघर्ष गरेर कलाकारितामा उच्च पहिचान बनाइसकेका बहुचर्चित जोडी सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको चलचित्र ‘सेन्टि भाइरस’ यहि फागुन ०९ गते शिवरात्रीको अवसरमा देशभर प्रदर्शन हुँदैछ ।
चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा धुर्मुस सुन्तली, दयाहाङ राई, विल्सन विक्रम राई, सन्दिप क्षेत्री लगायतका थुप्रै चर्चित कलाकारहरुको अभिनय रहेको छ।
२०७२ सालको विनाशकारी महाभुकम्प पछि कलाकारितालाई थाति राख्दै दिन रात, भोक तिर्खा नभनि सामाजिक कार्यमा होमिएका धुर्मुस सुन्तलीले थुप्रै नमुना बस्ती निर्माण गरिसकेका छन् ।
नमुना नेपाल बनाउने उदेश्यका साथ सामाजिक काममा लागेका धुर्मुस सुन्तलीले अहिले चितवनको रामपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध रंगशाला निर्माणमा जुटिरहेका छन् ।
दुई बर्ष भित्र सम्पन्न हुने गरि निर्माण गरिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम तिव्र गतिमा भइरहेको छ । रंगशाला निर्माणमा लागेका धुर्मुस सुन्तलीले रंगशालालाई थप सहयोगको चलचित्र निर्माण गरेका हुन् । चलचित्र सेन्टि भाईरसबाट आएको नाफाको आधा रकम रंगशाला निर्माणमा खर्चिने धुर्मुस सुन्तली जानकारी दिएका छन् ।
चलचित्र सेन्टी भाइरसको दुईवटा गीत र ट्रेलर सार्वजनिक भइसकेको छ,। प्रदर्शन मिति नजिकिँदै गर्दा धुर्मुस सुन्तली यतिबेला प्रचारप्रसारमा दौडधुप गरिरहेका छन्, आफैले जन्माएको चर्चित हास्य टेलिसिरियल मेरी बास्सैमा धुर्मुस सुन्तली सेन्टी भाइरस प्रचारप्रसारको लागि फर्किएका छन् ।
प्रतिक्रिया