Logo

यी हुन भागेमानी नेपाली ले यूएईमा पाए १ किलो सुन र कार उपहार !

यी हुन भागेमानी नेपाली ले यूएईमा पाए १ किलो सुन र कार उपहार ! १९ वर्षेदेखि युएईमा कार्यरत श्री,ज,ङ्गा–४, ताप्लेजुङका यमनाथ भट्टराईले १ किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेञ्ज यूएईको विन्टर प्रमोसन योजनाअन्तर्गत १ किलो सुन उपहार पाएका हुन् ।

एमवीएम कम्पनीमा कार्यरत भट्टराईले १८ वर्षदेखि अल अहलिया एक्सचेञ्जमार्फत रकम पठाउँदै आएका थिए । उनले विन्टर प्रोमोसन योजनाअन्तर्गत एक महिनाअघि ३५ हजार रुपैयाँ सेन्चुरी रेमिटमार्फत अहलिया एक्सचेञ्जबाट नेपाल पठाएका थिए।

उनले पाएको १ किलो सुन नेपाल लैजान प्राविधिक कठिनाइ रहेकाले बजार मूल्य अनुसार ५७ लाख रुपैयाँ नगद प्रदान गर्न लागिएको अलअहलिया एक्सचेञ्जका नेपाल प्रमुख बेनी माधव ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्