नयाँदिल्ली । भारतका विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’ ब्लकले निर्वाचन आयोगको भूमिका र मतदाता सूची संशोधनसम्बन्धी विषयलाई लिएर आन्दोलन अघि बढाउने निर्णय गरेको छ। बुधबार नयाँदिल्लीमा बसेको गठबन्धनको बैठकमा १९ दल सहभागी भएको कांग्रेस नेता जयराम रमेशले बताएका छन्। बैठकको अध्यक्षता कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले गरेका थिए। बैठकपछि खड्गेले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउँदै आयोगका केही…