काठमाडौंमा भित्रियो संसारकै अनौठो बस । भारतलाई लाग्यो ठुलो झट्का…..(भिडियो सहित)


स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन आएको छ । बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय आदिको सुविधा रहेको पार्टी बस पहिलोपटक काठमाडौँ भित्र्याइएको हो ।

रेस नेपालले हालै उक्त बस भित्र्याइएको थियो । मनोरञ्जनको अतिरिक्त सुविधा चाहने पर्यटकलाई लक्षित गर्दै पार्टी बस सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अशोक शर्माले जानकारी दिए ।

 

पर्यटकका लागि फरक सुविधा तथा जन्मदिनको पार्टीलाई मध्यनजर गरी ल्याइएको पार्टी बसका निश्चित क्षेत्र निर्धारण गरिने र ट्राफिक नियमअनुसार सञ्चालन गरिने उनको भनाइ छ । पार्टी बसमा भित्र हेर्नुस अनौठो दृश्य :