Logo

३५ हजार फीट माथी उडिरहेको जहाजमा जन्मियो बच्चा, भाग्यमानी बच्चाले बाँचुन्जेली निशुल्क जहाजमा उड्न पाउने !

३५ हजार फीट माथी उडिरहेको जहाजमा जन्मियो बच्चा, भाग्यमानी बच्चाले बाँचुन्जेली निशुल्क जहाजमा उड्न पाउने ! उडिरहेको विमानमा बच्चा जन्मिएपछि केही बेर विमानभित्र असहज परिस्थिीतिको सामना गर्नु परेको छ । साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा ३५ हजार फीटको उचाइमा महिलाले बच्चा जन्माएपछि विमान लाई आकस्मिक अवतरण गर्नु चालकदलका सदस्यहरु बाध्य बने ।

महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो ।जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ ।

जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो । यसअघि अफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएपछि उक्त समाचारले पनि भाइरल रुप धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्