प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र ह’त्या र संसदीय समितिको अ’पमान गरेको भन्दै दुईजनालाई पक्रेर कार्वाही गर्न प्रहरी समक्ष उ’जुरी दिएको छ। समितिका सदस्य र समिति बारे अ’फ वाह फैलाएको भन्दै प’क्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई समितिले पत्र लेखेको हो ।
समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्र’ष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अ’फवाह फै’लाएको भन्दै आ’पत्ति जनाएका थिए। उपाध्यायले सांसद हरूका नाम र तस्बिरसहित कति रकम दिइयो भन्दै फेसबुक अकाउन्टमा लेखेका थिए। त्यस्तै, स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएको भन्दै सांसदहरूले आ’पत्ति जनाएका थिए।
मिश्रले नै निवर्तमान सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग गरेको कुरा कानीको अडियो सार्वजनिक गरेका थिए । जर्मन कम्पनीलाई सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्न दिन लागिएको थियो भनेर बोलेकोमा पनि प’क्रेर अनु सन्धान गर्न समितिले भनेको छ । समिति सभापति भरतकुमार शाहको निर्देशनपछि सचिवालयले प्रहरीलाई पत्र लेखेको हो ।
प्रतिक्रिया