गोकुल बास्कोटाको ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट, सामाजिक सञ्जालमा खैलाबैला…..(भिडियो सहित)


सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी वि’रोध भएको छ । समाचार बाहिरिएसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अरुको आ’ङ्गमा जुम्रा खोज्नुभन्दा पहिले आफ्नो आ’ङ्गमा भैसी हेर्नुपर्ने बताएका छन् ।

मन्त्री बास्कोटाको २ मिनेट ३४ सेकेन्डको अडियोसहितको समाचार आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै डा. भट्टराईले भनेका छन्, “अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आं’गको भैसी हेर्ने हो कि प्रम ज्यू ! यही हो “भ्र’ष्टाचार गर्दिनँ र भ्र’ष्टाचार गर्न पनि दिन्नँ” भनेको?प्रधानमन्त्री ज्यु, यही हो ‘भ्र’ष्टाचार गर्दिनँ र भ्र’ष्टाचार गर्न पनि दिन्नँ’भनेको ? ।”

उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन । तर बास्कोटाको अडियो र बाबुरामको ट्वीटले सामाजिक सञ्जाल भने तातेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घु’स लेखदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको कुराकानीको अडियो टेब सार्वजनिक भएपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ ।

अनलाइन पत्रिका हाम्राकुरा डटकमका सम्पादक अजय सिवाकोटीले लेखेको समाचारमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धित रहेर कुराकानी गरिएको छ । जहाँ मन्त्रीको समय मिलाउने र कमिसनका विषयमा कुरा गर्ने उल्लेख गरिएको छ ।

१२ गते १२ बजेपछि स्वीस एम्बेसी भेट्न आउने र उसलाई मन्त्रीले समय दिनुपर्ने प्रसंगबाट शुरु भएको टेलिफोन कुराकानीमा केका लागि मन्त्री बाँस्कोटाले ७० करोड रकम माग गरेका हुन् भन्ने कुराचाहिं स्पष्ट छैन । तर, एमओयु गर्ने कि भन्ने प्रसंग कुराकानीमा उल्लेख भएकाले कुनै खरिदसँग सम्बन्धित कुरा हुनसक्ने आंकलन गर्न सकिन्छ ।

छलफलका लागि स्वीस राजदूतले छुट्टै छलफल गर्न चाहेको जानकारी मन्त्रीसँग पैसाको डिल गर्दै गरेका स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माको भनाईमा उल्लेख छ । मेसिनको कुरा गरिएकाले संचारमन्त्रालय अन्तर्गत कुनै मसिन खरिदको प्रसंगमा चलेको बार्गेनिङ्ग हुनसक्ने देखिन्छ ।

२५ देखि ३० अर्बसम्मको प्रोजेक्टमा कतिसम्म आउँछ भन्ने मन्त्रीको आवाजले उनी बार्गेनिङ्गमा सामेल भएको देखाउँछ । मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिले ७० करोड रकम आउने बताएपछि मन्त्रीले तपाईं (ती व्यक्ति) लाई छुट्टै कति आउँछ भन्ने प्रश्न गरेको अडियो विवरणमा ती व्यक्तिले जम्मा ७४ करोड रकम आउने उल्लेख गरेका छन्।मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तै अडियाे सुन्नुहाेस