महाशिवरात्रीको अबसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ले सुखद ओपनिङ गरेको छ । निर्माण टिमले पहिलो दिन आफ्नो फिल्मले १ करोड माथीको ग्रस बिजनेस गरेको दाबी गरेको छ । फिल्मको आधिकारिक सामाजिक सञ्जालमा पहिलो दिन १ करोड १२ लाखको ग्रस बिजनेस गरेको उल्लेख गरिएको छ । जहाँ उपत्यकाबाट ५९ लाख र मोफसलको कलेक्सन ५३ लाख उल्लेख छ । धेरैपछि नेपाली फिल्म हेर्न हलमा शुक्रबार दर्शकको भीड देखियो ।
फिल्मले राजधानी र मोफसलका अधिकांश हलमा दिवा शोजहरुमा हाउसफूल बिजनेस गर्यो । मल्टिप्लेक्सतर्फको अकुपेन्सी पनि सुखद रह्यो । इनिसियल बिजनेसमा अब्बलता देखाउने प्रष्टै हुँदा समिक्षक प्रतिक्रिया र वर्ड अफ माउथ कस्तो रहन्छ त्यो हेर्न बाँकी छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मको नाफाको ५० प्रतिशत रकम गटम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्रदान गरिने धुर्मुस सुन्तलीले यसअघि नै घोषणा गरिसकेका छन् । यो घोषणा पनि दर्शक हलमा तान्न मुख्ये हतियार बनेको देखिन्छ । धुर्मुस सुन्तली, दयाहाङ राई, राजाराम पौडेल, सन्दीप क्षेत्री लगायत फिल्ममा लिड अभिनयमा छन् ।
प्रतिक्रिया