Logo

चिन बाट आयो दुखद खबर कोरोना भाइरसका बिरामीका उपचार गर्न आफ्नो विवाह नै स्थगित गर्ने २९ वर्षीय डाक्टरको निधन !


कोरोना भाइरसका बिरामीका उपचार गर्न आफ्नो विवाह नै स्थगित गर्ने २९ वर्षीय डाक्टरको निधन !
कोभिड नाइन्टिन भनिने कोरोना भाइरसको केन्द्रविन्दु चीनको वुहान शहरमा थप एकसहित तीन चिकित्सकको निधन भएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार, वुहानको जियाङशिया जिल्लाको फर्स्ट पिपुल्स हस्पिटलको श्वासप्रश्वास तथा सघन उपचारमा कार्यरत २९ वर्षीय चिकित्सक पेङ यिनहुआको निधन भएको हो ।

चीनमा महामारीझैं फैलिएको कोभिड-१९ को सं’क्रमणका कारण स्वास्थ्यकर्मीहरू यस रोगको नियन्त्रण गर्न लागिपरेका छन्। काेराेना भाइरस पत्ता लगाउने ३४ वर्षीय डाक्टर लीकाे निधन भइसकेकाे छ । त्यहाँ स्वास्थ्यकर्मीहरू आफ्ना परिवार तथा साथीभाइहरूसँग छुट्टिएर कोभिड-१९ बाट सं’क्रमितहरूको उपचार गरिरहेका छन्।

पेङलाई भाइरस लागेपछि जनवरी २५ मा अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको स्वास्थ्य अवस्था अत्यन्तै खराब भएपछि आपतकालीन उपचारका लागि जिनयिन तान अस्पताल लगिएको थियो । त्यही उनको निधन भएको बताइएको छ । जियाङसिया जिल्लाले यसअघि भाइरस रोगीको उपचारमा अग्रपंक्तिमा खटिएका चिकित्सकहरूमध्ये एक पेङ पनि भएको भन्दै उनले कामका लागि विवाहलाई पनि स्थगित गरेको भनी आलेख छपाएको थियो ।

हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोभिड-१९ बाट संक्रमित बिरामीहरुको उपचार गर्न आफ्नो विवाह नै स्थगित गरेका थिए। तर पछि बिरामीको उपचार गर्दागर्दै उनी नै संक्रमित भए। जसको कारण गत बिहीबार राति उनको निधन भयो।

उनी फर्स्ट पिपल्स अस्पतालमा स्वास्थ्यप्रस्वास सम्बन्धीका विशेषज्ञ थिए।यसअघि वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको पनि कोरोनाभाइरसकै कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्