Logo

कस्तो अचम्म अमेरिकामा कुकुर मेयर, न्यायाधीशले खुवाए सपथ !

अमेरिकामा कुकुर मेयर, न्यायाधीशले खुवाए सपथ

विश्वमा अनौठोको घटना घट्छ । यस्तो मामलामा अमेरिका अरु देश भन्दा अगाडी रहेको छ ।हालै मात्र अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो ।

बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहकाबीच पार्करलाई न्यायाधिशले पद तथा गोपनियताको सपथ न्यायाधीश लिनेट केल्सीले खुवाएका हुन् ।गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो ।

कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए ।समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्