Logo

नेपालबाट गएका हवाई यात्रुलाई भारतले विमानस्थलमा कोरोना जाँच गर्ने !


नेपालबाट गएका हवाई यात्रुलाई भारतले नोबेल कोरोना भाइरसको संक्रमण भए/नभएको जाँच गर्ने भएको छ ।शनिबार बसेको भारतको क्याविनेट सचिवस्तरीय बैठकले काठमाडौंबाट उड्ने विमानका यात्रुलाई भारतीय विमानस्थलमा युनिभर्सल स्क्रिनिङ गर्ने निर्णय गरेको हो।

नेपालसँगै इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत गएका यात्रुको पनि विमानस्थलमा जाँच गरिने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म २१ हजार आठ सय पाँच जनालाई सामुदायिक निगरानीमा राखिएको छ। साथै तीन लाख ९७ हजार एक सय ५२ जना विमान यात्रु र नौ हजार छ सय ९५ समुन्द्री बन्दरगाहमा स्क्रिन जाँच गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्