Senti Virus हेर्न ट्याक्सी वालाहरुले गरे हलनै कब्जा, भगवान भन्दै धुर्मुसले जोडे हात – भए भावुक !(हेर्नुहोस भिडियो सहित )


शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार राम्रो व्यवसाय गरेको निर्माण युनिटले जनाएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको ‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको हाँस्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले पहिलोपटक निर्माण गरेको फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा खर्चिने घोषणा समेत भएको छ । यो घोषणाका कारण पनि फिल्मले हलमा दर्शक पाएको हो ।

शुक्रबार र शनिबार फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटर दुवै स्टेशनमा राम्रो दर्शक पाएको छ । शुक्रबारको तुलनामा शनिबार फिल्ममा अझै बढी दर्शक देखिएका छन् । फिल्मका कलाकार समेत रहेका निर्माता ‘धुर्मुस सुन्तली’ समेत शनिबार र शुक्रबार राजधानीका गोपीकृष्ण, अष्टनारायणलगायतका केही चलचित्र घरमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए ।

सो अवसरमा उनीहरुसँग सेल्फी खिच्न र हात मिलाउन दर्शकको ठूलो भीड लागेको थियो । कतिपय दर्शकले त ‘सेन्टी भाइरस’को नारा समेत लगाएका थिए । उक्त अवसरमा कलाकार सितारामले दर्शकले फिल्म हेरेर रंगशाला निर्माणमा सहयोग गरेको भन्दै दर्शक प्रति आभार ब्यक्त गरे ।