सानैदेखि बालबालिकालाई मेहेनत गर्न सिकाउ, सफल बनाउ !


हेलिकप्टर अभिभावक शब्दले यस्तो आमा बुबालाई चिनाउने गर्छ,जसले आफ्ना बच्चाहरुको क्षमता विकासको लागिभन्दा पनि हरेक काममा आफ्नो सहयोग मार्फत् बच्चालाई कमजोर बनाइरहेका हुन्छन् । ती अभिभावकहरुले आफ्ना बच्चाहरुलाई अधिक नियन्त्रण गर्ने गर्छन् ।

उनीहरूको बढी ध्यान दिनु, बच्चाहरुको अधिक सुरक्षा गर्नु, तिनीहरूसँग धेरै जसो समय बिताउनु वा उनीहरुको मात्रै धेरै चासो दिनु आदि यसको लक्षणहरु हुन् । यद्यपि यो परिवर्तनको समयमा बच्चाहरूलाई प्रत्येक मार्गमा सही मार्गदर्शन प्रदान गर्नु नै वास्तममा हेलिकप्टर अभिभावकको गुण हो । हेलिकप्टर अभिभावकहरु बच्चाको हरेक काममा सँगै हुन्छन् । जस्तै, स्कूलको परीक्षण, साथी छनोट, घुम्न जाने समयमा धेरै ख्याल गर्ने जस्ता प्रवृत्तिहरु यसमा पाइन्छ ।

असफलताको डर

कडा प्रतिस्पर्धाको यस युगमा धेरै आमाबाबुहरू आफ्नो बच्चालाई पछाडि छोड्नुहुन्न भन्ने सोचका हुन्छन् । उनीहरू यस्तो महसुस गर्छन् कि बच्चालाई बढी ध्यान दिँदा बच्चा सफल हुन्छन् । विश्व अर्थतन्त्रको अवस्थालाई देखेर धेरै अभिभावकहरु आफ्नो बच्चाको भविष्य कसरी सुरक्षित बनाउने भन्ने चिन्तामा धेरै समय बिताउने गरेको पाइन्छ । तिनीहरू बच्चासँग यस्तो चाहना राख्छन् कि बच्चाहरु असफल भएपनि उदास नहुन् ।

– बाल्यकालमा बेवास्ता गरिएका अभिभावकहरू आˆना बच्चालाई बढी प्रेम, अधिक समय दिएर क्षतिपूर्ति दिन चाहन्छन् ।

– धेरै अभिभावकहरु बच्चाहरु काममा धेरै व्यस्त रहेको देखेर धेरै पटक काममा हस्तक्षेप गर्ने गर्छन् ।

तर, यी सबै कुराहरु बच्चाको व्यक्तित्व विकासको चरणलाई कमजोर बनाउने कारण हो ।

‘हेलिकप्टर प्यारेन्टिङ्ग’का फाइदाहरू

हेलिकप्टर अभिभावकहरू बच्चाको साथमा सधैं हुन चाहन्छन् । त्यसैले बच्चाहरू कहाँ छन् ? उनीहरू के गरिरहेका छन् ? त्यसबारेमा जानकार हुन्छन् । यो एक हिसाबले राम्रो कुरा पनि मानिन्छ । सुरक्षाको मामलामा पनि यो राम्रो अवधारणा मानिन्छ । बच्चाहरूको हेरचाह गर्न, तिनीहरूलाई निरीक्षण गर्न, उनीहरूलाई सकारात्मक काममा प्रेरित गर्नको लागि पनि यो प्रभावकारी मान्ने गरिन्छ ।

हेलिकप्टर प्यारेन्टिंगको नतिजा

तर, कतिपय अवस्थामा हेलिकप्टर प्यारेन्टिंगको नतिजा खराब पनि आउने गर्छ । बच्चाहरूको जुत्ताहरू बाँधिदिने, प्लेटहरू आफैंले उठाएर माझिदिने, खाजा बनाएर खुवाउने जस्ता कामले बच्चाहरु शारीरिक र मानसिक रुपमा समेत आत्मनिर्भर हुन सक्दैनन् । बच्चालाई यसरी धेरै अभिभावकहरुले नजानेरै पनि कुनैपनि समस्याको सामना गर्ने क्षमताबाट बिमुख गराउने गरिन्छ ।

बच्चाहरुलाई सुरुमा नै बाबुआमाले समस्या समाधान गर्न नै सिकाइरहेका हुँदैनन् । जसका कारण बच्चाको आत्मसम्मान घट्छ । त्यस्ता बच्चाहरूले प्रतिकूल परिस्थितिको सामना गर्न सिक्दैनन् किनभने आमाबुबाले उनीहरूलाई प्रत्येक खराब अवस्थाबाट जोगाउन सिकाएका हुँदैनन् । बरु आफैं त्यस्तो परिस्थितिको सामना गर्ने गर्छन् । यही कारणले बच्चाहरुले कहिलै पनि समस्याको अनुभव गर्न सक्दैनन् ।

बाबुआमाले नै सबै काममा सहयोग गर्दै आएका बच्चाहरुले कहिलै पनि आफूले पाएको सफलताको जस लिन सक्दैनन् । किनभने उनीहरुले स्वायत्त रुपमाभन्दा पनि बाबुआमाको प्रत्यक्ष निगरानीमा त्यस्ता कामहरु गरिरहेका हुन्छन् ।

पछिल्लो समय बाबुआमाले बच्चालाई धेरै चासो दिने गरेका कारण बच्चाहरु जीवन संघर्षको सामना गर्न सक्षम हुने गरेका छैनन् । कोहीपनि बाबुआमा बच्चाहरुको सबैभन्दा मिल्ने साथी बन्न सक्छन् तर उसलाई सुरक्षित राख्ने अभिभावकीय सोचाइर्ंले उसको व्यक्तित्वको विकासमा सधैं बाधा उत्पन्न गराउन सक्छ ।

अधिक संरक्षणशील हुनु पनि नोक्सानदायक

हामीले सोच्नुपर्ने कुरा भनेको हामी कसरी हुर्कियौं ? पुरानो जमानाबाट बदलिएका हामीहरुलाई बाबु आमाले कत्तिको पराजय भोग्न र जित्न सिकाउनु भयो ? यस्ता विषयमा ध्यान दिनुपर्ने हुन्छ । हामीले हाम्रो आफ्नै व्यवहारको जाँच गर्नुराम्रो हुन्छ । यदि जो कोही पनि बाबुआमा अत्यधिक संरक्षणशील हुँदै गयो भने आफैँले आफैंलाई परिवर्तन गर्नु अनिवार्य नै हुन्छ ।

त्यसैले बच्चाहरुलाई समस्याग्रस्त परिस्थितिलाई सम्हाल्न दिनुपर्छ । बच्चालाई सूचित गर्नुहुँदैन कि आफूले उसलाई हरेक कोणमा सहयोग र ढाडस दिइरहेका छौं । बच्चालाई सबै चीजको सकारात्मक र नकारात्मक प्रभावको बारेमा बताउनुपर्छ । उसलाई आफैंले निर्णय लिनुपर्ने अवस्थाको सिर्जना गरिदिनुपर्छ ।

बच्चाको सफलतामा उसलाई नै त्यसको श्रेय दिने अवस्था सिर्जना गर्नुहोस् । उसलाई थाहा होस् कि उसले राम्रो वा खराब गरेको छ । हरेक समय बच्चाको काममा रक्षात्मक नबन्नुहोस् । उसलाई गल्ती महसुस गर्न सिकाऔं । निःसन्देह बच्चाहरु जो कोही अभिभावकको लागि पनि आँखाको तारा जस्तै महत्वपूर्ण हुन्छन् । तर, अधिक सुरक्षाले उसलाई नै नोक्सानी पुर्‍याउँछ भन्नेकुराको ख्याल गर्नुपर्छ ।