प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको दिन काटेकाे केक विवादमा परेकाे छ । जन्मदिनकाे दिन काटेकाे केक नेपालको नक्शा अंकित भएपछि विवादमा परेकाे हाे । नेपालकाे नक्शासहितकाे केक काटेकाे भन्दै उनिमाथि सामाजिक सञ्जालभर आलाेचना भएकाे छ ।
उनले काटेको केकमा नेपालको नक्शाभित्र हिमाल, पहाड र तराई छुट्याएको छ । ओलीले आफ्नो जन्म जिल्ला तेह्रथुम पुगेर नेपालको नक्शा अंकित केक काटेका थिए । उनले काटेको केकको फोटो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विरोध भएको हो । ओलीको केक कटाईप्रति चर्चित सामाजिक हस्तिहरुले कडा विरोध जनाएका छन्।
केकको फोटोसहित कतिपयले प्रधानमन्त्री ओलीको नियत नै खोटो भएकोसम्म टिप्पणी गरेका छन् । चर्चित कलाकार रेखा थापाले केक कटाईप्रति नियत जोडिएको नभएपनि लक्षण गतिलो नभएको आलाेचना गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘नियतवस नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक काटाइको सन्देश बुझिएन ।’
प्रतिक्रिया