Logo

दिल्लीमा भयको प्रदर्शनमा अहिलेसम्म १३ जनाको मृत्यु !

भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको समर्थन र विरोधमा जारी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अन्य ८१ जना घाइते भएको प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगेका भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन भने ‘अहिलेसम्म हिंसामा मारिनेको संख्या १३ पुगिसकेको छ । सोमबार ८१ जनालाई घाइते अवस्थामा यहाँ ल्याइएको थियो । मंगलबार ६९ घाइतेलाई अस्पताल ल्याइएको छ । यीमध्ये ३०–४० जना उपचार गरेर घर फर्किसकेका छन् । यहाँ मैले विभिन्न वार्डमा बिरामीको अवस्था देखेको छु । यीमध्ये कति बिरामीको स्थितीलाई गम्भीर मान्न सकिन्छ ।’

यस्तै, उत्तर पूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानूनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ ।

जाफराबादमा महिलाले केही दिनदेखि सीएएविरुद्ध विरोध प्रदर्शन गरिरहेका थिए । तर शनिबार राती प्रदर्शनकारीमध्ये केहीले जाफराबाद रोड अवरुद्ध गरिदिए ।

आइतबार धर्ना स्थलबाट केही पर सीएएको समर्थनमा भारी मात्रामा भीड जम्मा हुन थाल्यो जसका कारण स्थिती तनावग्रस्त भयो ।

प्रतिक्रिया दिनुहोस्