Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मोदीसँगै देखिएकी यी महिला को हुन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारतको औपचारिक भ्रमणका क्रममा छन् । विश्वकै शक्तिशाली राष्ट्रप्रमुख आउँदा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी उनलाई स्वागत गर्न विमान स्थल नै पुगे । भ्रमणका क्रममा ट्रम्प पत्नी एवं प्रथम महिला मेलानिया ट्रम्प पनि उनको साथमा छन् । तर विमानबाट उत्रिएलगत्तै ट्रम्प, मोदी र मिलानियासँगै देखिएकी एक युवती चर्चामा छिन् ।

उनी को हुन् र यति नजिक उनी कसरी जान पाइन भन्ने प्रश्न उब्जिएको छ । यिनको नाम गुरदीप कौर चावला हो । उनी प्रधानमन्त्री मोदीका अनुवादक हुन्। उनी अमेरिकन ट्रान्सलेटर एशोसियसनको सदस्य पनि छिन् ।जबजब विदेश भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गर्छन् तब उनले त्यसलाई अंग्रेजीमा अनुवाद गर्छिन् ।

यतिमात्रै होइन गुरदीप चावला प्रधानमन्त्री मोदीका साथ भारतमा पनि विदेशी नेताहरुसँगको भेटवार्ताका क्रममा सँगै देखिन्छिन् प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण दिए पछि उनी त्यसलाई अग्रेजीमा अनुवाद गरेर प्रस्तुत गर्छिन् । सन् १९९० मा गुरदीपले भारतीय संसदबाट आफ्नो करियर सुरुवात गरेपनि केही समय पछि उनी श्रीमान्सँग अमेरिका सिफ्ट भइन्

। सन् २०१० मा अमेरिकाका पूर्व राष्ट्रपतिसँग उनको अनुवादकका रुपमा गुरदीप भारत आइन् । त्यसपछि उनी मोदीको अनुवादकका रुपमा जोडिएकी हुन् । गुरदीपलाई अन्य थुप्रै भाषको समेत ज्ञान रहेको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्