दिपेन्द्र के निर्देशित फिल्म आमाले निकै चर्चा बटुलिरहेको छ । यो फिल्मलाई समीक्षक, फिल्मकर्मी साथै दर्शकले पनि उत्कृत्ट प्रतिक्रिया दिइरहेका छन् । फिल्मको बुधबार कुमारी हलमा विशेष शो राखिएको थियो । उक्त शोमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो फिल्म हेरेपछि सञ्चारकर्मी रवि लामिछानेले आफ्नो विगतलाई सम्झिए ।
उनले आफ्नी आमाको निधनमा आफु नेपाल आउन नपाएको क्षण सम्झिदै भने, ‘यो फिल्म हेर्दा साच्चै म रोए । यो फिल्म हेर्दै गर्दा ५–१० पटक आफ्नी आमालाई सम्झिए । मेरो जिन्दगीमा पनि यस्तै घटना भएको थियो । म विदेशमा हुदाँ आमा बिरामी हुनुहुन्थ्यो । आमा धेरै बिरामी भएपछि म नेपाल आएको थिए । त्यसपछि म विदेश गएको १ महिनापछि आमा बित्नु भयो । कागजी चक्रमा म आउन पाइन । मैले आमाको अन्तिम समय हेर्न पाइन ।’
उनले फिल्मको तारिफ गर्दै भने, ‘मैले आफ्नो आमालाई सम्झेर मात्र होइन यो फिल्म राम्रो भएर रोए । फिल्म बीचमा अलि सुस्त छ । तर निर्देशकले फिल्मलाई राम्रोसँग बाध्नु भएको छ । कलाकारको काम पनि एकदमै राम्रो छ ।’ साथै उनले निर्देशक दिपेन्द्र के खनालको पनि तारिफ गरे ।
दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्ममा मिथिला शर्माले आमाको भुमिका निभाएकी छिन् । भने सुरक्षा पन्तले छोरीको भुमिका निभाएकी छन् । यो फिल्ममा सर्मिला पाण्डेको लगानी रहेको छ
प्रतिक्रिया