चलचित्र ”आमा” हेरेर रवि लामिछाने यसरी भक्काʼनिए, ऋचा शर्माले भनिन्, ‘सरी ल म केही बोल्न सʼक्दिन’ -हेर्नुहोस् (भिʼडियो सहित)


यतिबेला मुलुकभरका चलचित्र हलमा चलचित्र ‘आमा’ प्रदर्शन भइरहेको छ । धुर्मुस सुन्तलीले निर्माण गरेको ‘सेन्टीभाइरस’ र ‘आमा’ चलचित्रको प्रदर्शनको समय एउटै परेको छ ।

‘सेन्टीभाइरस’ले धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको चितवनको रंगशालाका कारण ‘सेन्टिमेन्ट’ पाएको छ भने चलचित्र ‘आमा’ वास्तवमै राम्रो चलचित्र बनेको छ । अहिले ‘आमा’ चलचित्रले दर्शकको मन जितिरहेको छ । चलचित्र हेरेर बाहिर निस्केकाहरुले साँच्चै गुणस्तरिय चलचित्र हेरेको प्रतिकृया दिएका छन् । कतिपयले प्रतिकृया समेत दिन सकेका छैनन् ।

भर्खरै आमा गुमाएकी नायीका ऋचा शर्माले चलचित्र हेरेर बाहिहिँदै गर्दा मिडिया सामु प्रतिकृया नै दिन सकिनन् । उनले भनिन् ‘सरी है म अहिले केही बोल्न सक्दिन् ।’ उनको यो अभिब्यक्तिले पनि अनुमान लगाउन सकिन्छ यो चलचित्रले कति मन छोयो होला । विशेषगरि, चलचित्रको वर्थ अफ माउथ बलियो भएपछि दर्शकको अकुपेन्सी पनि बढिरहेको छ ।

चलचित्रको विशेष शो वुधबार आयोजना गरिएको थियो । विशेष शो हेर्न पुगेकाहरुले सबैले राम्रो प्रतिकृया दिएका हुन् । काठमाण्डौको कुमारी हलमा आयोजित विशेष शो हेरेर फर्किदा सम्म पनि नायिका ऋचा शर्माको आँखा ओभाएका थिएनन् । उनका आँखाबाट आँशु झरिरहेका थिए । बोल्नै नसक्ने अवस्थामा रहेकी उनले प्रतिकृया नै दिन सकिनन् ।

कार्यक्रम हेर्न पुगेका संचारकर्मी रवि लामिछानेले पनि धेरै ठाउँमा भक्कानिएको बताए । उनले आमाको निधन हुँदा अमेरिकावाट नेपाल आउन नपाएको कुरा उल्लेख गर्दै भने निकै उत्कृष्ठ चलचित्र हेरियो । रविले निर्देशक दीपेन्द्र के खनालको कामको तारिफ गरे । उनले आफु पनि चलचित्रको धेरै ठाउँमा रोएको बताए ।

बुधवार नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द कलाकार निर शाह, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, चलचित्र हेर्न निर्देशक दीपेन्द्र के खनालकी आमा, कलाकारहरु मिथिला शर्मा, सुरक्षा पन्त हलमा पुगेका थिए । चलचित्रमा मिथिला, सुरक्षा लगायतको मुख्य भूमिका छ । यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

भिडियो हेर्नुहोस्…