Logo

कोरीयामा कोरोना भाइरसको प्रकोप निकै बढ्दो नेपालीहरुमा पनि त्रास बढिरहेको छ ।कम्पनी बन्द कतै काम ठप्प !

कोरीयामा कोरोना भाइरसको प्रकोप निकै बढ्दो छ । पछिल्लो एक दिनमा मात्र संक्रमितको संख्या ५ सय ५ जना पुगेको छ। यो संगै अहिलेसम्म १ हजार ७ सय ६६ जना कोरोना भाइरस बाट संक्रमित भैसकेका छन् । यसका साथै २५ हजार ५ सय ६८ जनामा लक्षण फेला परेको , कोरियाको स्वास्थ मन्त्रालय अन्तर्गत सरुवा रोग नियन्त्रण विभागले जनाएको एनआरएनए कोरियाका सचिव मनोज गौतमले जानकारी दिए ।

सोमबारसम्म भाइरस बाट संक्रमित हुनेकोसंख्या ८ सय ३३ जना थियो भने मंगलबार संक्रमितको संख्या बढेर ९ सय ७७ पुगेको थियो यसैगरी बुधबारसम्म १ हजार २ सय ६१ जना पुगेको थियो यो संख्यामा ५ सय ५ बढेर बिहिवार १हजार ७ सय ६६ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।त्यसैगरी २५ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको लक्षण देखा परि चेकजाँच गरेका विशेष निगरानीमा छन् भने २६ जना संक्रमित सामान्य अबस्था भएपछि घर फर्किएको कोरिकोरियन सञ्चार माध्यामहरुले देखाएको छ ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धरै थेगु सहरमा देखा परेको छ । फेब्रुअरी २७ साझँसम्म थेगुमामात्र १ हजार १ सय ३२ जनामा उक्त भाइरस संक्रमित फेला परिसकेको छ ।कोरोनाभाइरस सङ्क्रमीत्को सङ्ख्या अझै बढ्ने सक्ने खतरा देखियको छ । कोरीया स्थित नेपाली दुतावासले विज्ञप्ति निकल्दै सम्पूर्ण नेपालीहरुलाई सचेत रहन आग्रह गरिसकेको छ भने अवैधानिक रहेका कामदारहरुलाई पनि लक्षण देखा परे सरकारी अस्पतालमा निशुल्क उपाचार गर्ने र उपचार गर्ने सिलसिलामा नपक्रिने पनि जानकारी गराइएको छ ।

कोरीयन सरकारले संक्रमित क्षेत्रलाई विशेष निगरानी राखि सतर्कता अपनाईरहेको छ तर पनि दिनदिनै त्रास भने बढ्दो छ। थेगुमा विशेष निगरानी गरियको छ । बिवाह पार्टी , भोजभतेर लगायत जमघट हुन निषेधित गरिएको छ ।

कोरोना भाइरस संक्रमित बढेसँगै कोरीयामा कार्यरत नेपालीहरुमा पनि त्रास बढिरहेको छ । संक्रमित क्षेत्रमा रहेका केही नेपाली बताउँछन् सुरक्षाका उपायत अपनायका छौ तर डर भने लागि रहेको छ । कसो गर्ने के गर्ने अन्योलमा परिरहेका छौ ।

कम्पनीले हरेक दिन चेकजाँच गरिरहेको कोरियाका नेपाली श्रमिक भुवन चौलागाईले बताएका छन् । कतै कतै कम्पनीमा कार्यरत साथीको मृत्यु पछि संक्रमण फैलिन सक्ने डरले कम्पनि बन्द पनि भएको छ । भने कतै काम नै ठप्प हुनसक्ने अबस्था पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्