नायक अनमोल केसीविरुद्ध ठ’गीको आ’रोपमा प्रहरीमा उ’जुरी !


चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उ’जुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठ’गी गरेको अ’भियोगमा उ’जुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ”धूपौरे” मा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठ’गी गरेको भन्दै प्रहरीमा उ’जुरी परेको हो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे । केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै, सम्झौता अनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौता अनुसार केसीले फिल्म नखेलेर ठ’गी गरेको उ’जुरीमा उल्लेख छ ।

यस्तै, फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उ’जुरीमा उल्लेख छ । यस्तै, उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उ’जुरीमा उल्लेख छ । उ’जुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्ष’ति बिगो तथा कानुन बमोजिम क्ष’तिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।