समय–समयमा फरक–फरक भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै आएका छन् । अहिले सामाजिक सञ्जालमा एक प्रहरी अधिकारीको भिडियो भाइरल भएको छ । ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घर अगाडि बिहीबार दिउँसो केही महिलाहरु भेला भएका थिए ।
एक महिला खत्रीसँग आफ्नो पूरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर आएको बताइएको छ । ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छिन् । आफ्नो घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई तत्काल जानकारी दिए ।
महिलाहरुलाई नियन्त्रण गर्ने भन्दै केहीबेरमा नै प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुग्यो । प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो तर नमानेपछि बल प्रयोग गरिएको थियो । त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाएको देखिएको छ ।
उनले एकजना महिलालाई पछाडिबाट लाठीले हा नेको भिडियो बाहिर आएको छ । इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको भिडियोमा देख्न सकिन्छ । ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरिएको बताएका छन् । अर्को तिर इन्स्पेक्टर पौडेल पनि आफूले लाठी प्रहार गरेको स्वीर्काछन् । यस घटनालाई लिएर समाजिक सञ्जालमा विरोध भइरहेको छ ।
प्रतिक्रिया