यती होल्डिङ्गस परिवारसँग तत्कालीन एमाले र नेतृत्व पंक्तिको सम्बन्ध असाध्यै घनिष्ट हो । र, अहिले नेकपाका अध्यक्ष र प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको सम्बन्ध पनि, पुरानै । यो सम्बन्ध संकट वा खुशीमा एकनासले अघि बढिरहेको छ ।
भुइँचालोले तत्कालीन नेकपा एमालेको बल्खुस्थित कार्यालय भत्किएपछि ओलीको यती परिवारको व्यापारिक समूहसँगको सम्बन्धका कारण धुमबाराहीस्थित उसैको संरचनामा एमालेले शरण लियो । अहिले पनि ‘डबल’नेकपाको मुख्यालय त्यहीँ छ । र, यो चाँहि संकटमा साथ दिएको कुरा भयो ।
तर, खुसीयालीमा पनि साथ उस्तै रहेछ भन्ने कुरा ओलीको ६९औँ जन्मदिनमा पनि प्रष्टै पोखियो । अहिले सर्वत्र चर्चामा रहेको नेपालको नक्साअंकित ‘केक’ प्रधानमन्त्रीको जन्मथलो तेह्रथुमको आठराई पठाउने पनि त्यही परिवार थियो, यती होल्डिङ्गस ।
यतिकै एयर डाइनेस्टीको हेलिकप्टरमा पठाइएको २२ किलोको केक बालुवाटारस्थित युरोपियन बेकरीमा तयार पारियो । केक अर्डर गर्ने पनि त्यही परिवार थियो, नेपालको नक्साको केक काट्दा ओली निकै खुशी भए र तालीको गड्गडाहट छुट्यो ।
प्रतिक्रिया