Logo

भारतमा पनि देखापर्यो कोरोना भाइरस !

भारतमा दुई जनालाई कोरोना भाइरस देखिएको छ संक्रमितमध्ये एक दुबईबाट र अर्का व्यक्ति इटली भ्रमणबाट फर्केको समाचारमा जनाइएको छ । कोरोना भाइरस देखिए ति मध्य एक व्यक्ति राजधानी दिल्ली र अर्का व्यक्ति तेलंगनाको भएको बताइएको छ ।यता चीनको राष्ट्रिय स्वस्थ्य आयोगका

अनुसार हालसम्म कोरोनाको उपचारपछि ४४ हजार ८९९ जना स्वस्थ बनेका छन्।कोरोना भाइरसका कारण विश्वभर मृतकको संख्या ३ हजार ४८ पुगेको छ।यस्तै संक्रमितको संख्या ८९ हजार ३ पुगेको छ । यता अमेरिकमा पनि कोरोना भाइरसका कारण दुई जनाको ज्यान गइसकेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस ९कोभिड–१९० बाट सर्वसाधारण नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले अपनाउनुपर्ने मापदण्डको आज समीक्षा गर्न बसेको संयुक्त बैठकलाई उक्त निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्