प्रधानमन्त्री ओलीको स्वा स्थ्य अवस्थाको बारेमा जानकारी लिन सरकारका केही मन्त्रीहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए । अर्थमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अस्पताल पुगेका हुन् ।
त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री ओलीको स्वा स्थ्य अवस्थाबारे जानकारीलिन मंगलबार दिउसो अस्तपताल पुगेका थिए ।प्रधानमन्त्री ओलीको स्वा स्थ्य लाभको कामना गर्न विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभचिन्तकहरु अस्पताल पुगेका छन् ।
यसैक्रममा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने पनि आफ्नी पत्नी निकितासहित अस्पताल पुगेका छन् । चिकित्सकसँग आफूले कुरा गरेको भन्दै उनले प्रधानमन्त्री ओली चाँडै निको भएर फर्कने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौ ला प्र त्यारो पण गर्न लागिएको हो । प्रधानमन्त्री ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले मि र्गौला दिएकी हुन् । प्रधानमन्त्री ओली र समीक्षा दुवैजना अप रेसन थिएट रमा छन् ।
प्रतिक्रिया