Logo

कोरोनाभाइरसको कारण: अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो !

अमेरिकामा कारोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । अमेरिकामा ज्यान गुमाएकामध्ये ११ जना वासिङ्टन राज्यका रहेका छन् भने एक जना क्यालिफोर्नियाका रहेका छन् ।वासिङ्टनमा देखिएको संक्रमणका धेरै बिरामी सियाटलको किर्कल्याण्डमा रहेको एउटा नर्सिङ सेन्टरसँग सम्बन्धित रहेका छन् । त्यहाँ नै ६ जनाको मृत्यु भएको छ ।

यता, अमेरिकी राज्य टेक्सासमा १४ संक्रमित फेला परेसँगै अमेरिकामा यस रोगबाट संक्रमित हुनेको सङ्ख्या १ सय २९ पुगेको छ ।उता, क्यालिफोर्नियाले क्रुज जहाजमा कोरोनाको संक्रमण देखिएको आशंका गरिएपछि ३५ सय यात्रु र चालक दलका सदस्यको व्यवस्थापनको चुनौती सामना गरिरहेको छ

यता, आयरल्याण्डमा पनि इटालीमा यात्रासँग नजोडिएको पहिलो संक्रमित फेला परेका छन् । योसँगै देशमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या १३ पुगेको छ ।

विश्वभर यसरोगबाट ९५ हजारभन्दा बढी संक्रमित बनेका छन् । यसमध्ये धेरै चीनका रहेका छन् । चीनमा हालसम्म ३ हजार १५ जनाले ज्यान गुमाएका छन् भने विश्वभर यसबाट २६७ जनाको मृत्यु भइसकेको छ जसमा धेरै इरान र इटालीका रहेका छन् । चीनमा बिहीबार कोरोनाभाइरसबाट १४३ जना नयाँ संक्रमित भेटिएका छन् भने थप ३० जनाले ज्यान गुमाएका छन् ।

तीमध्ये २९ जना हुबेई प्रान्तका रहेका छन् र फेला परेका नयाँ मध्ये १२६ जना पनि त्यही प्रान्तका रहेका छन् ।दक्षिण कोरियामा थप ५१८ जना नयाँ संक्रमित फेला परेसँगै देशमा कूल संक्रमितको सङ्ख्या ६ हजार २८४ जना पुगेको छ । देशमा हालसम्म ४२ जनाको मृत्यु भएको छ जसमा वृद्ध र पुरानो स्वास्थ्य समस्या रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्