Logo

घरमा मयुरको प्वाँख राख्नुहोस्, हरेक काममा सफलता मिल्नेछ ! सेयर गरौ

मयुरको प्वाँखलाई सौन्दर्य, सन्तुलन, आध्यात्मिकता, आत्मविश्वास र आत्मप्रेमको प्रतिक मानिन्छ । मयुरको प्वाँखलाई भगवान श्रीकृष्ण धारण गर्ने गर्छन् । त्यसैले मयुरको प्वाँखलाई पवित्र मानिन्छ । मयुरको प्वाँख भगवान श्रीकृष्ण धारण गर्ने हुनाले मयुरको प्वाख धार्मिकतासँग जोडिएको छ ।

मयुरको प्वाँखले घरमा सौभाग्य भित्राउने धार्मिक बिश्वास छ । मयुरको प्वाँख घरमा राख्दा जीवनका सबै नकारात्मक ऊर्जा र अन्य पारिवारिक समस्याबाट राहत मिल्ने बिश्वास छ । वास्तुशास्त्रका अनुसार मयुरको प्वाँख घरमा राख्दा धेरै फाइदाहरु छन् ।

बेडरुमको पूर्वीदक्षिण दिशामा मयुरको प्वाँख राख्नाले जरुरी काम पूरा हुने धार्मिक बिश्वास छ । त्यस्तै मयुरको प्वाँख घरमा राख्नले नउठेको ऋण पनि उठ्ने बिश्वास छ । पसलमा मयुरको प्वाँख राख्नु पनि राम्रो मानिन्छ ।

पसलको दक्षिण–पूर्वी दिशामा प्वाँख राख्नाले घरबाट नकारात्मकता दोषहरु हराउने बास्तुशास्त्रमा बताइएको छ । त्यस्तै किताबमा मयुरको प्वाँख राख्नाले हरेक काममा सफलता मिल्ने शास्त्रमा बताइएको छ । घरमा सबैले देख्नेगरी मयुरको प्वाँख राख्नाले घरमा हुने कलह रोकिने धार्मिक बिश्वास छ ।

प्रतिक्रिया दिनुहोस्