कोरनाको त्रासले काठमाडौं हाहाकार नै मच्चियो ! जनता आक्रोस सरकार नै थला पर्यो……(भिडियो सहित)


कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण सतर्कता राख्न नेपाली कांग्रेसले कोरोनाबारे सरकार र समुदायलाई १४ बुँदे अपील जारी गरेको छ । कांग्रेसले सोमबार पत्रकार सम्मेलन गर्दै गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था, सञ्चार माध्यम तथा स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा अपील गरेको छ ।

पूर्व सतर्कताबारे सरकारलाई सार्वजनिक आग्रह
१. विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गरियोस् ।

२. कोरोना संक्रमित मुलुकहरुको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाइयोस् ।

३. संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाइयोस् ।

४. फागुन १९, सोमबार मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तर्राष्ट्रि«य विमानस्थलको चेकजाँचको प्रक्रिया विलकुलै कामचलाउ प्रकृतिको फितलो देखिनु अत्यन्तै दुःखद र आपत्तिजनक छ । प्रवेशद्वारमा कठोर ढंगको कडाइ गरिएन, तर भाषणका मञ्चबाट सतर्कताको अपील मात्रै जारी गरियो भने स्थिति भयावह हुन सक्दछ । सरकार यो गम्भीरताप्रति व्यवहारत गम्भीर बनोस् ।