Logo

आइफोन १२ चार क्यामेरासहितको आइफोन आउँदै !

एप्पलले सन् २०२० भित्रमै आइफोन १२ सार्वजनिक गर्ने भएको छ ।४ वटा क्यामेरा जडान हुने आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागिएको हो ।

फोनएरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ केही वर्षअघि सार्वजनिक भएको आइफोन ४ वा ५ जस्तै हुने जनाइएको छ । जसमा सार्पर एजेससमेत हुनेछ ।एप्पलले १२० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इन्चबाट घटाएर ५.४ इन्च बनाउने छ ।

आइफोन १२ मा पछाडि चार क्यामेरा समावेश गर्ने र फाइभ जी समर्थनको साथ आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्