Logo

काठमाडौंमा मास्क लगाएरै होली, मज्जा आयो त?कोरोना भाइरसको त्रास !

कोरोना भाइरस संक्रमणको त्रासका बीच उपत्यकासहितका विभिन्न स्थामा आज फागु पूर्णिमा(होली) मनाउने कार्य जारी छ ।कोरोनाको त्रास र प्रशासनको आग्रह अनुरुप काठमाडौं उपत्यकामा यसपटक होली शान्त देखिएको छ ।

गत वर्षहरुमा जस्तो सडकहरुमा रंगले पोतिएका र समूहगत रुपमा होली मनाउने मानिसहरुको संख्या निकै कम देखिएको छ ।
यद्धपी राजधानीको बसन्तपुरमा भने होली मनाउने स्वदेशी तथा विदेशीको संख्या उल्लेख्य देख्न सकिन्छ ।

होली मनाउन सडकमा निस्किएकाहरु मास्क लगाएर होली खेलिरहेका पाउन सकिन्छ ।विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा र नेपाल पनि उच्च

जोखिममा रहेपछि कोरोनाबाट जोगिन सतर्कता अपनाइएको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्