Logo

नेपाली विद्यार्थीको अस्ट्रेलियामा कोरोना सं’क्रमित स्वास्थ्य सुधारोन्मुख, उनिसँगै बस्ने चार जना पनि क्वारेन्टाइनमा !

नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण देखिएको क्यानबेरास्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।हाल उनको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालको भनाइलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

उक्त विषयमा राजदूतावासले नेपाल सोसाइटी अफ तास्मानिया र गैरआवासीय नेपाली संघ, तास्मानियासँग समन्वयन गरिएको बताएको छ ।यद्यपी दूतावासले ती विद्यार्थी अस्ट्रेलिया कहिले आएका हुन्? भन्ने खुलाएको छैन । यो भन्दा अगाडी प्रकाशित भएको समाचार अनुसार भने नेपालमा बिदा मनाएर अष्ट्रेलिया फर्किएको दुई हप्तापछि उनलाई संक्रमण देखिएको थियो ।

नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले उनीसँगै अपार्टमेन्टमा बसेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको बताइन् ।‘मैले ती युवालाई भेटेर आएँ । उहाँलाई त्यस्तो कुनै समस्या छैन । उहाँको स्वास्थ्य सुधारउन्मुख हुँदै गइरहेको छ । यसका साथै उहाँसँगै अपार्टमेन्टमा बस्नेलाई चार जना नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।’

चारै जनामा अहिले नै कोरोनाको संक्रमण नदेखिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्