Logo

इजरायलमा पनि अब कारोनाबाट जोगिन अब ‘नमस्ते’ गरौं !

विश्वभरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार भन्दा धेरै भएको छ । कोरोना संक्रमणका कारण इजरायल पनि नराम्रोसँग प्रभावित भएको छ ।कोरोना संक्रमण फैलना सक्ने खतरालाई मध्यनजर गर्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना देशका नागरिकलाई अपिल गर्दै भेटघाटका क्रममा हात नमिलाउन अपिल गरेका छन् । उनले त्यसको सट्टा नमस्कार गर्न वा अभिवादन गर्न आग्रह गरेका हुन् ।

दुई हात जोडेर गरिने अभिवादन नेपाल भारत लगायका पूर्वीय सभ्यतामा प्रचलित परम्परागत तरिका हो ।नेतन्याहूले बुधबार भने,‘जसरी म हात मिलाउनबाट बचिरहेको छु तपाई पनि त्यसै गर्नुहोस् । तपाईहरु नमस्ते गर्ने भारतीय तरिकालाई लागू गर्ने कोशिश गर्न सक्नु हुनेछ या सलाम वा अन्य शव्द प्रयोग गर्न सक्नु हुनेछ । या कुनै अन्य तरिका खोज्नुहोस्, तर कुनै पनि प्रकारहले हात नमिलाउनुहोस् ।’

 

 

इजरायलमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हजार भन्दा धेरै मानिसमा संक्रमणको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्