Logo

सुनको भाउमा फेरि नयाँ रेकर्डः तोलाको कति ?अहिले सम्मको धेरै

मंगलबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम भएको हो।

गत शुक्रबार छापावाल सुन ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो।

आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

तर, चाँदीको मूल्य भने घटेको छ। शुक्रबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ छ। गत शुक्रबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य उकालो लागिरहेको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १६ सय ५९ अमेरिकी डलरमा पुगेको छ।

गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६७३ अमेरिकी डलर कारोबार भएको थियो।

चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्