Logo

नायक आकास श्रेष्ठले पनि परिवार सँगै होली !


हरेक बर्ष फागु पुर्णिमाको दिनमा मनाई होली पर्वलाई रंगको पर्व पनि भन्ने गरिन्छ । नेपालमा होली दुई दिन खेलेर रमाइलो गर्ने चलन छ । हिमाल पहाडका समुदायले फागु पुर्णिमाको दिन र तराई मधेसका समुदायले दोस्रो दिन अर्थात (भोलिपल्ट ) मनाउँदै आएको छ ।

विशेष साथीभाइसँग जमघट गर्दै विभिन्न कार्यक्रम आयोजना गरेर अबिरको टीका लगाई रंग पानिमा भिजेर हर्ष उल्लासका साथ मनाइने होली पर्वको रौनक यो बर्ष खासै देखिएन । विश्वभर फैलिरहेको (कोभिड-१९) कोरोना भाइरस बाट बच्नको लागि उच्च सतर्कता अपनाउन सरकारले भिडभाडमा नजान सुचना गरेपछि, यो बर्षको होली उराठलाग्दो बनेको हो ।


राजधानीमा खासै नदेखिएको होली रौनक तराईमा पनि सुनसान नै भएको छ । फाट्टफुट्ट केहिले होली खेलेपनि गतबर्षहरु झै सडकमा भेला भएर होहल्ला गर्दै होली मनाउने हुल भने यो बर्ष भटिएन ।

कोरोना प्रभाव यो बर्ष कलाकारहरुको पनि होली खासै जमेन, धेरैले जनचेतना फैलाउँदै घरमै परिवार सँग होली मनाएर सामाजिक सञ्जालमा तस्बिर सेयर गरेका छन् । त्यस्तै चलचित्र रामकहानीबाट रातरात चर्चामा आएका नायक आकास श्रेष्ठले पनि परिवार सँगै होली मनाएको तस्बिर सञ्जालमा बाडेका छन् । धेरै सेलिब्रेटीले साथीभाइ सँग भेटघाट गरेर रंग साटासाट गरेपनि आकाशले चाहिँ आमाबुबा सँग होली मनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्