Logo

गोकुल बास्कोटाको घरमा बम विस्फोट !

लोकन्थलीस्थित पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको छ । घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थलमा पुगिसकेको छ।घटनाबारे अनुसन्धान भइरहेकाले ठिमी वृत्तका डीएसपी शान्तिराज कोइरालाले अहिले केही नबोल्ने बताए। घटना कसले गरायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ। आज चन्द समूहलाई प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ। २०७५ फागुन २८ गते सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै पक्राउ र खोजी कार्य जारी राखेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्