Logo

कोरोना संक्रमणबाट मंगलबार मात्र २ सय ५६ जनाको मृत्यु, कुन कुन ठाउमा कति ?

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको हो । त्यसमध्ये चीनमा मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने मंगलबार मात्र त्यहाँ १७ जनाको मृत्यु भएको छ ।

चीनमा ८० हजार ७ सय ६१ जनामा कोराना संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ६० हजार १ सय १३ जना निको भएका छन् ।चीनभन्दा पछि सबैभन्दा बढी प्रभावित भएको मुलुक इटाली देखिएको छ । इटालीमा अहिलेसम्म ६ सय ३१ जनाको मृत्यु भएको छ । मंगलबार मात्रै त्यहाँ १ सय ६८ जनाको मृत्यु भएको छ ।

इटालीमा १० हजार १ सय ४९ जनामा उक्त भाइरसबाट संक्रमित बिरामीहरु रहेका छन् । त्यस्तै इरानमा २ सय ९१ जनाको मृत्यु भएको छ भने ८ हजार ४२ जनामा संक्रमणको पुष्टि भएको छ । मंगलबार एकैदिनमा त्यहाँ ५४ जनाको मृत्यु भएको छ ।त्यस्तै दक्षिण कोरिया र स्पेनमा क्रमसः ५८ र ३५ जनाको मृत्यु भएको छ ।

यी दुई देशमा क्रमसः ७ हजार ५ सय १३ र १ हजार ६ सय ७४ जनामा संक्रमण भएको छ । मंगलबार ती देशमा ५–५ जनाको मृत्यु भएको छ भने अमेरिकामा–२, जापानमा–१, स्वीटजरल्यान्डमा–१, बेलायतमा–१, लेबनानमा –१ र मोरक्कोमा पनि १ जनाको मृत्यु भएको छ । यसरी मंगलबार एकैदिन विश्वभर २ सय ५६ जनाले सो भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

विश्वभर महामारी सुरु भएयता १ सय १० भन्दा बढी मुलुकमा फैलिसकेको उक्त संक्रमणका कारण १ लाख १८ हजार २ जना प्रभावित भएका छन् । त्यस्तै आज एकैदिन ३ हजार ६ सय ४० जना नयाँ संक्रमित बिरामीहरु थपिएका छन् । चीनको उहानबाट सुरु भएको उक्त महामारीबाट मर्नेको संख्या चीनमै भने ह्वात्तै घटेको छ ।

प्रतिक्रिया दिनुहोस्