नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरु गरेका छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा एक कार्यक्रममा बीच औपचारिक रुपमै खरेलले उक्त अभियान सुरु गरेका हुन् । अभियानका संयोजक खरेलले राज्य संयन्त्रका सबै नेतृत्वले जनतालाई धो’का दिएपछि आफूहरुले सुशासन अभियानमा उत्रिनु परेको बताएका छन् ।
अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणसहित विभिन्न ८ वटा लक्ष्य निर्धारण गरेको छ। कार्यक्रममा लक्ष्य प्राप्तिका लागि विभिन्न आधा दर्जन कार्यक्रम सार्वजनिक भएका छन्। साझा पार्टीले अघि सारे जस्तै यो अभियानले समेत विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग गरेको छ।
यसका लागि कानुन निर्माण गर्नुपर्ने माग अभियानले अघि सारेको हो। खरेल नेतृत्वको अभियान सञ्चालन केन्द्रीय तदर्थ कार्यकारी परिषद्मा पाँच सदस्य रहेका छन्। परिषदमा खरेलसँगै देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ छन्।
अभियान सुरुवात गरिएको कार्यक्रममा मास्क वितरण भएको थियो। कार्यक्रममा कार्यकारी परिषद्का सदस्यले सम्बोधन गरेका थिए। खरेलले अब भ्रष्टाचारविरुद्ध ७७ जिल्लाका तीन करोड जनता सडकमा उत्रिनुपर्ने बताएका छन्।
प्रतिक्रिया