Logo

हिमेश पन्तले कमेडि च्याम्पियन जितेपछि खबपूको फ्यानहरुले गरे तोरफोर ! रोइन ऋचा शर्मा

नेपाली पहिलो कमेडि रियालिटी शो कमेडि च्याम्पियनको उपाधी हिमेश पन्तले जितेका छन्। आज भएको ‘ग्राण्ड फिनाले’मा उनले खड्ग बहादुर पुनमगर (खबपु) र सुमन कोईरालालाई पछि पार्दै बिजेता बनेका हुन्।

पन्तले उपाधीसँगै २५ लाख रुपैया र कार पुरस्कार पनि जितेका छन्। धादिङ गृहजिल्ला भएका पन्त पहिले पनि यूट्यूबको लागि कमेडि भिडियोहरु बनाउने गर्थे।

ईटहरीका सुमन कोईराला भने रेडियो र स्थानिय टेलिभिजनमा कार्यक्रम चलाउने गर्थे भने रोल्पाका खबपु दोहोरी साँझहरुमा गाउने गर्थे। आज भएको ग्राण्ड फिनालेमा दिग्गज हास्यकलाकारद्वय ‘मह’ अर्थात मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्