Logo

चीनको वुहानमा ४० वर्षीय छोरा पुष्करको निधन !

बिहान उठेपछि तस्बिरमा छोरोको हँसिलो अनुहार हेर्छिन् । राति सुत्नुअघि त्यही फोटो नियालेर सिरानी नजिकै राख्छिन् । यताउता कोल्टो फेरेर निदाउन खोज्छिन् । निद्रा लाग्दैन । आमा सरस्वती खड्का (६५) लाई यस्तो छटपटी भएको दुई महिना भयो । चीनमा छोरो बितेको खबर पाएयता उनका आँखा ओभाना छैनन् ।

‘आमा उठ्नु भो, खाना खानु भो ? सन्चो–बिसन्चो के छ ?’ भनेर फोनमा सोधिरहन्थ्यो,’ दोलखा शैलुङ गाउँपालिका–३ काटाकुटीकी सरस्वतीले मसिनो स्वरमा भनिन्, ‘अब कसले सोध्छ त्यसरी ? बल्लबल्ल निदाउँछु, सपनामा पनि खै किन हो, आउँदैन । सद्गत गर्न पाए आउँथ्यो कि ।’

गत माघ ४ गते राति चीनको हुबेई प्रान्तस्थित वुहानमा उनका ४० वर्षीय छोरा पुष्करको नि’धन भयो । भोलिपल्ट परिवारले यो दु:खद खबर पाए । तर अहिलेसम्म न उनको पोस्टमार्टम भएको छ, न श’व नेपाल ल्याउने सुरसार नै । श’वको प्रतीक्षामा रहेकी आमा सरस्वती भगवान्को नाम जप्दै फ्रेममा राखिएको फोटो नियाल्छिन् ।

‘अर्को वर्ष आउँछु, गाउँमै केही व्यवसाय गरेर सँगै बसौंला है आमा भन्थ्यो,’ आँसु पुछ्दै उनले भनिन्, ‘सँगै बस्ने र भेट्ने त लेखान्तमै रहेनछ ।’ जसरी पनि चाँडो छोराको श’व ल्याइदिन उनले सरकारसँग गु’हारिन्, ‘जिउँदो भेट्न नपाए पनि छोराको सद्गत गर्ने इच्छा छ, छिटो श’व ल्याइदिनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्