Logo

नायिका आँचलको विबाह चलिरहदा नायक पल साह मुक्तिनाथको दर्शन गर्दै थिए !

नायिका आँचल शर्मा र नायक पल शाहलाई नाई नभन्नु ल, शत्रुगते, जोनी जेन्टलमेनमा, दाल भात तरकारीमा एकै साथ पर्दामा देखेका धेरै दर्शकले वास्तविक जीवनमा पनि एकैसाथ देख्न खोजेको चर्चा लामो समय चल्यो ।उनीहरुले कैर्यौँ अन्तरवार्ता एकसाथ दिँदा उनीहरु प्रेममा रहेको आभाष गर्थे दर्शकले तर एकाएक आँचलले आँफु पलसँग प्रेममा

नरहेको प्रमाणित गर्दै पेशाले चिकित्सक रहेका प्रेमी उदिपसँग प्रेम विबाह गरिन् ।आँचलका नजिकका साथी भनिएका पल ब्यस्तताका कारण आँचलको विबाहमा जान नसकेका हुन् वा उनको मनले नै चाहेन त्यो पललाई मात्रै थाहा होला । आँचलको विबाहको समय पारेर पल मुक्तिनाथ यात्रामा निस्किएका छन् । जुन कुरा पलले चरण चरणमा लाइभ गरेको देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्