Logo

कतारको क्वारेन्टाइनमा २ हजार नेपाली !

कतारले कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ।त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो। उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।

यसमा धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन् । ‘खाना हमाद अस्पतालबाटै आउँछ। कुनै समस्या छैन,’ उनले भने, ‘सुरुसुरुमा डर लागेको थियो। अब सामान्य लाग्न थालेको छ।’ त्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको बताए। ‘बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन्। गेटबाट बाहिर निस्कन दिइएको छैन। कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको छैन। कम्पनीले कुनै कुराको कमी हुन दिएको छैन।

प्रतिक्रिया दिनुहोस्