Logo

काेराेनाका कारण पहिलाे पटक एक नेपाली काे ज्यान गयाे !

बिश्वभर काेराेना भाइरस ले महामारीको रुपमा फैलिरहदा दक्षिण काेरियामा राेजगारिकाे सिलसिलामा गएका एक नेपाली काे काेराेनाका कारण ज्या , न गएकाे छ । राेजगारिकाे सिलसिलामा केही समय अघि दक्षिण काेरिया पुगेका कैलाली जिल्ला लम्की चुहा नगरपालिका वडा न ६ का नवीन कार्की काे ज्या , न ग , एकाे बताइएकाे छ । यसबारे बिस्तृत बिबरण भने आउन बाकी छ।

सम्बन्धित काेराेना त्रास : नेपालमा ४५० जनाकाे परिक्षण यस्तो छ अवस्थाबिश्वभर काेराेनाकाे त्रास व्यापक फैलिरहदा नेपालमा भने स्थिति सामान्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । नेपालमा अहिलेसम्म चार सय ५० व्यक्तिमा कोरोना परीक्षण भएको छ । एकजनामा मात्रै पोजेटिभ देखिएको छ । तर, उनी पनि सन्चो भएर घर फर्किसकेका छन् । कोरोना आशंकामा हाल पाँचजनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा कोरोनासँग तर्सिनुपर्ने अवस्था नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बताए । ‘विश्वका ९० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएको छ, तर नेपालमा अहिलेसम्म फैलिन पाएको छैन,’ उनले भने, ‘सरकारले नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएकाले आत्तिनुपर्दैन, सजगता भने अपनाउनुपर्छ ।’

उनले विमानस्थल र अन्य ठाउँमा गरी चार सय ५० जनाको र्‍याल, रगत र अन्य परीक्षण भएको बताए । अहिले पाँचजनालाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएकोमा अब कसैमाथि आशंका भए पाटन अस्पतालमा भर्ना गर्ने गरी आइसोलेसन वार्ड तयार पारिएको उनले बताए ।कोरोनाको संक्रमणबाट बच्ने नाउँमा सबैले मास्क लगाउनुनपर्ने पाण्डेको भनाइ छ ।

‘जो बिरामी हुन् या बिरामी हेरिरहेका स्वास्थ्यकर्मी हुन्, उनीहरूलाई मास्क अनिवार्य हो,’ उनले भने, ‘बाँकी सामान्य स्वास्थ्य अवस्था भएकाहरूले मास्क लगाउनुपर्दैन, सबैले एकैपटक मास्क खोजी गर्दा अभाव छ, अभावबीच एउटै मास्क लामो समयसम्म प्रयोग गर्दा झन् अर्को स्वास्थ्य समस्या ल्याउन सक्छ ।’विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेपछि सरकारले सतर्कता अपनाएकोे, तर आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘कोरोनाको संक्रमण एक प्रकारको महामारी हो, आउनै सक्दैन भन्ने छैन, त्यसैले थोरै सजगता अपनाउनु जरुरी छ, तर आत्तिनुपर्ने अवस्था पनि छैन,’ उनले भने ।

सरकारले कोरोना भाइरसका कारण सम्भावित जोखिम कम गर्न देशैभरि सचेतना र सजगतामा जोड दिएको श्रेष्ठले बताए । सबै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले समेत कोरोना भाइरसको संक्रमणबाट सजग रहन, भिडभाडमा नजान, सभा सम्मेलन नगर्न भन्दै सूचित गरेका छन् ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनाबारे भ्रामक प्रचारले राजधानीको बजार प्रभावित भएको भन्दै ३२ वटै वडामा सचेतनामूलक कार्यक्रम गर्ने बताए ।

उनले सामाजिक सञ्जालमा आउने अनेक भ्रामक प्रचारको पछि नलागी भरपर्दा सञ्चार माध्यम र आधिकारिक निकायबाट प्राप्त समाचार र सन्देशलाई मात्रै अपनाउन आग्रह गरे । ‘वनको बाघले होइन, अहिले मनको बाघले खाला भन्ने देखियो, सर्वसाधारणको मनमा अनावश्यक त्रास फैलिएको छ, सबै जनप्रतिनिधि र स्वास्थ्यकर्मीले त्यसलाई हटाउन सचेतना फैलाउनुस्,’ राजधानीमा शुक्रबार भएको सचेतना कार्यक्रममा निर्देशन दिँदै भने ।

स्वास्थ्य मन्त्रालयले कोरोनाबारे सचेतना जगाउन प्रदेशमा पनि विशेषज्ञ स्वास्थ्यकर्मी पठाएको छ । एक सातादेखि उनीहरू प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरूलाई तालिम दिइरहेका छन् । प्रदेश नम्बर १ मा व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेल, प्रदेश २ मा डा. अमृत पोखरेल, बागमतीमा डा. वासुदेव पाण्डे, गण्डकीमा राजकुमार पोखरेल, प्रदेश ५ मा चूडामणि भण्डारी, सुदूरपश्चिममा डा. हेमन्त ओझालाई पठाएको छ । उनीहरूले प्रदेशका सबै मन्त्री, सचिव, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, होटेल व्यवसायी, पत्रकार र नाकामा खटिएका स्वास्थ्यकर्मीसँग प्रत्यक्ष छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्