Logo

भारतमा कोरोना (कोभिड १९)बाट मृत्यु हुनेको संख्या ३ पुग्यो, १२८ मा संक्रमित !

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक महाराष्ट्रमा ६४ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । यसअघि भारतको कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

भारतको स्वास्थ्य विभागका अनुसार कोरोना भाइरसको संक्रमणबाट भारतमा हालसम्म १२८ जना बिरामी छन् । तीमध्ये महाराष्ट्रमा मात्रै ३६ जना छन् । भारतमा कूल संक्रमितमध्ये २२ जना विदेशी नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्