Logo

तयार भयो कोरोना विरुद्धको खोप दुइ सन्तानकी आमाले लगाइन् पहिलो डोज !

चीनको वुहानवाट सुरु भएको कोरोनाले विश्वलाई नै त्र सित बनाएपछि त्यसलाई रोक्ने खो’प निर्माणका लागि विश्वकै चिकित्सक लागेका छन् । चीनले आफ्नो देशमा कोरोना नि य न्त्रण मा आइसकेको जनाएको छ ।तर युरोपियन मुलुकमा तिब्र फैलिरहेको कोरोनाले दिनहुँ सयौं मानिसको ज्यान लिइरहेको छ । विश्वभर म हा मा रीका रूपमा फैलिरहेको कोरोना भाइरसबाट मानिसलाई बचाउन पहिलोपटक विकास गरिएको परीक्षण खो’प लगाउन सुरु गरिएको छ। अमेरिकाले त्यसको परिक्षण सुरु गरेको हो । ४५ जना मानिसमा यो खो’पको परिक्षण सुरु गरिएको हो ।

अमेरिकास्थित बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खो’पको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) सुरु गरिएको हो । अमेरिकी स्वास्थ्य अधिकारीहरुको भनाई उल्लेख गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले सो कुरा सार्वजनिक गरेका छन् ।समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार अमेरिकाको वासिङ्टनअन्तर्गत सिएटल सहरस्थित काइजर परमानेन्ट अनुसन्धान केन्द्रमा ४ जनालाई परीक्षण खो’प लगाइ सकिएको छ । सो केन्द्रले ४५ जनामा यो खो’प परिक्षण गर्ने जनाएको थियो ।

जसअन्तर्गत सबभन्दा पहिले २ सन्तानकी आमा ४३ वर्षीया जेनिफर हालेरलाई खो’प दिइएको समाचार संस्था एपीले जनाएको छ। खो-प लगाएकी महिलाले आफुले यसलाई अवसरका रुपमा लिएको बताएकी छन् । त्यसले आफुलाई उत्साह थपेको प्रतिकृया दिएकी छन् एमआरएनए-९१२७३ नाम दिइएको यो खो’पले भाइरसको सं क्रम णबा ट जोगाउने वा रोगविरु द्ध ल ड्ने क्षमता बढाउने अनुसन्धानकर्ताहरुको दावी छ । खो’प लगाइसकेपछि पनि तत्काल यसको परिणाम थाहा पाउन सकिने छैन । त्यसका लागि केही महिना भने पर्खनु पर्नेछ ।

यसमा स्वयमसेवकहरुलाई प्रयोगात्मक खो’पका विभिन्न डोुज दिइएको छ। उनीहरुलाई २८ दिनको फरकमा दुई, दुई पटक खो’प दिइनेछ। सुरुवाती परीक्षण सफल भए पनि यो खो’प साधारण व्यक्तिलाई दिने गरी तयार पार्न १८ महिनासम्म लाग्ने पनि अनुसन्धानकर्ताले बताएका छन् । खो’प परिक्षणका लागि अमेरिकामा ४५ जना तयार भएका थिए ।

चीनले पनि कोरोना नि यन्त्र ण का लागि खो’प तयार गर्ने अभियान जारी राखेको छ । पहिलो चरणमा रोगलाई निय न्त्र ण मा राज्यका सबै संयन्त्र प्रयोग गरेको चीनले यसवाट बच्न खो’पको पनि आविश्कार गर्ने अभियान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्