Logo

सुपा देउरालीको दर्शन गरि भेटि स्वरूप एक शेयर गर्दै आज चैत्र ४ गते मंगलबारको राशिफल पढ्नुस्

वि.सं.२०७६ साल चैत्र ०४ गते । मंगलबार । ईश्वी सन् २०२० मार्च १७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– अष्टमी,०५ घडी ०९ पला,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त नवमी । नक्षत्र– मूल,२५ घडी ४६ पला,बेलुकी ०४ बजेर ३२ मिनेट उप्रान्त पूर्वाषाढा । योग– व्यातिपात,२६ घडी ४९ पला,बेलुकी ०४ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– कौलव,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त तैतिल,बेलुकी ०७ बजेर ५६ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान २९ घडी ५८ पला । भौमाष्टमी । शीतलाष्टमी । वासेरा (दूदूच्याँच्याँ) ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायकै सन्द्रर्भमा लामो दुरिको व्यवसायिक यात्रा हुनेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ । तरपनि यात्रा तथा पर्यटकिय व्यवसायमा मन्दि आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईदेखि टाढिन सक्छन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) एकल तथा साझेदारि व्यापार व्यवसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुशी हुनेछ । पठन पाठनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो समयदेखि थाति रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरि मनग्गे धन तथा सम्पनि संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढि मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धिहरु हावि हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उद्योग तथा व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरु खुशी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुति दिन सकिनेछ । कुुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ कामको खोजि गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । नयाँ प्रबृधिको प्रयोग गरि व्यापारलाई विश्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तब्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नु होला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरामाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशि सामान तथा रुपैयाँ पैसा हातलागि हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । विशिष्ट व्यात्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोेजगारी सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाँफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्