Logo

लेबनानमा मृ’त्यु भएका नरबहादुरको गरियो अ’न्तिम वि’दाई !

संयूक्त राष्ट्रसंघीय शान्ति मि’सन अन्तर्गत रहँदा लेबनानमा मृ’त्यु भएका नरबहादुर मगरको अ’न्तिम वि’दाई गरिएको छ। लेबनानस्थित संयूक्त राष्ट्रसंघीय अन्तरिम ब’लका प्रमुख मेजर जनरल स्टेफनो कोलको उपस्थितिमा राजधानी बैरुटको र्‍याफिक हारिरी इन्टरनेसनल एयरपोर्टमा मगरको अ’न्तिम वि’दाई गरिएको हो।

सो अवसरमा मगरले गरेको योगदानको कदर स्वरुप कोलले ‘यूएन मेडल’ बाट सम्मान गरे। उनले मृ’तकको आ’त्माप्रति शान्तिको कामना गर्दै परिवारजनप्रति स’मवे’दना प्र’कट गरे। मि’सन यु’निफि’लमा खटिएका धादिङ मुलपानीका ३५ वर्षीय मगरको गत मंगलबार सवारी दु’र्घ’टनामा प’रेर मृ’त्यु भएको थियो।

सवारी चालकका रुपमा कार्यरत उनी चार महिना अघि मात्रै एक वर्षका लागि लेबनान गएका थिए। दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा अर्का नेपाली सैनिकले चलाएको ट्यां’कर ब्या’क गर्ने क्रममा नरबहादुरलाई ठ’क्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस्