Logo

अब नेपालीले मलेसिया जान नपाउने, रोक्यो सबै भिसा !

नोवेल कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला नेपालीहरुको रोजगार गन्तब्य बन्दै आएको मलेसियाले पनि विदेशी नागरिकलाई मलेसिया प्रवेशकमा रोक लगाएको छ । मलेसिया सरकारको यो निर्णय पछि अब नेपालीहरुले पनि मलेसिया जान नपाउने भएका छन् । तर यो सधैका लागि बनेको नियम भने होइन् ।उसले कोरोना संक्रमण नियन्त्रणका लागि अपनाएको सावधानीका लागि विदेशी नागरिकलाई अहिले आफ्नो देश प्रवेशमा रोक लगाउने गरी गरेको निर्णय मात्र हो ।

मलेसियाले दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको हो । भोलि बुधबारबाट यो नियम लागु गर्ने मलेसिया सरकारले जनाएको छ ।प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको जानकारी गराएका हुन् । उनले टेलिभिजनमा सम्बोधन गर्दै मलेसियाका नागरिकलाई पनि सो मितिसम्म देशबाहिर जान रोक लगाईएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्