Logo

चीनले भन्यो: नेपाल पठाउने मास्क, औषधी र मेडिकल टिम रेडी छ !

छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । पछिल्लो जानकारी अनुसार चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के-के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ ।

नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार रहेको बताएको छ ।

चीनले नेपाललाई पठाएको पत्रमा सोधिएको छ– के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तप्तर छौं ।

चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको जनाएको छ ।

चीनसँग आवश्यक सहयोग लिनेबारे सरकार र कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिबीच छलफल भैरहेको बताइएको छ ।

चीनमा महामारी भएका बेला नेपालले चीनलाई १ लाख थाम मास्क पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्