Logo

कोरोना भाइरसले (कोभिड-१९) संक्रमण अमेरिकाका ५० वटै राज्यमा पुगेको २ देखि २२ लाखसम्म मानिसको मृत्यु हुने प्रक्षेपण !

अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। साथै फरक-फरक अध्ययनले धेरै मानिसको मृत्यु हुने जनाएका छन्।न्युयोर्क टाइम्सका अनुसार सरकार र नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्।

बेलायती अनुसन्धानकर्ताको चेतावनीपछि अमेरिकामा मानिसको सार्वजनिक जमघटमा थप कडाइ गरिएको छ। अध्ययन सार्वजनिक हुनुअघि आइतबारसम्म ५० जनाभन्दा धेरै मानिस एकै ठाउँमा जमघट नहुन भनिएको थियो। अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले तोकेको सो संख्यालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार १० मा झारिदिएको न्युयोर्क टाइम्सले जनाएको छ।

कोरोनाबाट हुन सक्ने मानवीय क्षतिका सम्बन्धमा अमेरिकामा पनि विभिन्न अध्ययन र प्रक्षेपण भएका छन्।

प्रतिक्रिया दिनुहोस्