Logo

इटालीले ८० वर्षमाथिका बिरामीलाई आईसीयूमा नराख्ने !

इटालीले कोरोनाबाट संक्रमित ८० वर्षभन्दा माथिका उमेर समूहलाई आईसीयूमा नराख्ने प्रस्ताव गरेको छ ।इटालीमा कोरोना व्यापक रुपमा फैलिएको छ । कोरोनाको आशंका गरिएका व्यक्तिहरु धेरै भएपछि अस्पतालमा बेडको अभाव भएको छ ।
विदेशी सञ्चारमाध्यमका अनुसार इटालीले ८० वर्षमाथिका वृद्धवृद्धालाई आईसीयूमा नराखिने प्रस्ताव अगाडि सारिएको छ ।

आईसीयूमा बस्न नचाहनेहरुलाई मर्न छाडिने पनि दस्तावेजमा उल्लेख गरिएको छ ।संक्रमित व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता अनुसार आईसीयूमा राखिने अथवा नराखिने निर्णय गरिनेछ ।कोरोनाको कारणले इटालीमा ३,४०५ जनाको ज्यान गइसकेको छ भने संक्रमित हुनेहरुको सङ्ख्या ४१,०३५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्