Logo

कोभिड–१९ कोरोनाको कारणले ज्यान गुमाउनेको सङ्ख्या इटालीमा धेरै

कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारणले इटालीमा एकैदिन ४२७ जनाको ज्यान गएको छ । ४२७ जनाको ज्यान गएसँगै इटालीमा ज्यान जानेहरुको सङ्ख्या ३,४०५ पुगेको छ भने उद्गम बिन्दु मानिएको चीनमा ३,२४८ जनाको मृत्यु भएको छ ।चीनमा संक्रमित सङ्ख्याको साथै मृत्युदर पनि घटिरहेको छ । तर इटालीमा भने व्यापक रुपमा फैलिरहेको छ ।

इटालीमा संक्रमित हुनेहरुको सङ्ख्या ४१,०३५ रहेको छ । इटालीले मार्च १२ मा लकडाउन गरेको थियो । अब मार्च २५ सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।जोन होप्किन्स यूनिभर्सिटीका अनुसार कोरोनाको कारणले मृत्यु हुनेहरुको सङ्ख्या विश्वभर गरी १०,०३० पुगेको छ भने संक्रमित हुनेहरुको सङ्ख्या २४४,५१७ पुगेका बताएको छ ।

प्रतिक्रिया दिनुहोस्